ड्युटी जाँदै गरेकी अनमीको दुर्घटनामा मृत्यु

चैत १९, बाँके । बाँकेको कोहलपुरस्थित न्युरोड सेन्टरप्लाजा चोकमा भएको सवारी दुर्घटनामा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । 

नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरबाट बिरामी लिएर नेपालगन्ज आउँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा से ५ प ४८४ नम्बरको मोटर साइकलमा सवार शोभा केसी बटालाको मृत्यु भएको हो ।   

दुर्घटनामा घाइते केसीलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । केसी बैजनाथ गाँउपालिकास्थित बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी पदमा कार्यरत रहेको स्वास्थ्य शाखा प्रमुख घननाथ योगीले जानकारी दिए ।   

दुर्घटनामा मोटरसाइकल चालक दण्डबिक्रम बिष्ट घाइते भएका छन् । उनको शिक्षण अस्पताल, कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक कूलदीप चन्दले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *