भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० पुग्यो, संक्रमितको संख्या २ हजार नजिक

भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १ हजार ९ सय ६५ पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ५० जनाको मृत्यु भएको छ ।  

भारतमा दुई महिनाअघि एकजनामा कोरोना संक्रमण पुष्टि गरिएको थियो । जनवरी ३० मा पहिलो संक्रमण देखिएको हो । त्यसको एक महिनापछि मार्च १ मा तीन जनामा संक्रमण देखिएको थियो । सात दिनपछि मार्च ८ मा कोरोना संक्रमितको संख्या ३४ पुगेको थियो ।  

हालसम्ममा संक्रमितको संख्या ९ सय ६५ पुगेको हो । विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बिहानसम्म ४७ हजार २ सय २३ पुगेको छ भने  ९ लाख ३५ हजारभन्दा बढी संक्रमित भएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *