मोदीको आग्रहमा नेपालीले पनि बाले दीप !

चैत्र २३, काठमाडौं । केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना देशवासीलाई आज (आइतबार) राति नौ मिनेट दिप जलाउन आग्रह गरेका थिए ।  

उनको आग्रह शिरोपर गर्दै १३० करोड भारतीयहरुले आज ठिक नौ बजे, नौ मिनेटसम्म दीप बाले । नेपालमा पनि त्यसैको सिको गरि अधिकांश नेपालीहरुले दियो बालेका छन् मोदीले भनेकै समयमा ।  

नेपाली सामाजिक सञ्जालमा मोदीले जे अह्राए त्यही गर्नुपर्ने भन्दै कतै यसको विरोध भएको छ भने कतिले यसलाई सकारात्मक रुपमा लिएका छन् ।  

यद्यपी मोदीले उक्त कुरा राखेसँगै नेपालमा पनि केही ज्योतिषहरुले यसलाई सकारात्मक रुपमा लिँदै नेपालीहरुलाई पनि सोही समयमा दीप प्रज्वलन गर्न आग्रह गरेका थिए । नेपालीहरूले साेही अनुरूप आज आ–आफ्नो घरमा दीप प्रज्वलन गरेका हुन् ।  

वास्तवमा मोदीले कोरोना विरुद्धको लडाईमा पुरै देशवासी एक छौँ भन्ने सन्देश दिन खोजेका हुन् । उनको आदेश जनताले माने पनि र एकजुट भए । मोदीको आग्रहमा पुरै देशवासीले दीप जलाउनु भनेको कोरोनाविरुद्धको लडाईँमा भारतमा कोही पनि नागरिक एक्लो छैन भन्ने प्रतिक हो ।  

राति ९ बजे, ९ मिनेट र ९ वटा दीप प्रज्वलन गर्न लगाएका प्रधानमन्त्रीको आध्यात्मिक अनुुसार नवग्रह र सत्ताईस नक्षत्रलाई सामूहिक दीप प्रज्वलनको प्रयासबाट कोरोनाको महामारीको नकारात्मक तरङ्गलाई सकारात्मक ऊर्जामा बदल्न खोज्नु नै  मुख्य उदेश्य देखिन्छ।  

भारतमा दीप जलाउँदै भारतीय नागरिक 

शास्त्रमा नौ अंकलाई नवरत्न, नवग्रह, नवदुर्गा त्यस्तै पूर्ण अंकको प्रतिकको रुपमा अत्यन्तै शुभ अंकको रुपमा लिने गरिएको छ । 

पञ्चाङ्गको आधारमा अप्रिल पाँच तारिखमा ग्रह राशि र नक्षत्रको अवस्थालाई बिचार गर्दा चैत शुक्ल पक्षको द्वादशी तिथि रहेको छ दिउँसो ३ बजर ५७ मिनेटभन्दा पछि त्रयोदशी तिथि रहने छ । यहीँ समयमा अत्यन्तै शुभ मानिने शनि प्रदोष व्रत समेत रहेको छ शिवको अत्यन्तै शुभ तिथिका रुपमा प्रदोषकाललाई लिने गरिन्छ । प्रधानमन्त्री मोदीले शिव र शक्तिलाई इष्टदेव  मानेकाले उक्त तिथि उपयुक्त मानिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *