सिटिजन्स बैंकको क्यालेन्डर डिजिटल भर्सनमा सार्वजनिक

चैत्र ३०, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वि.सं.२०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ ।   

बैंकको बिदाको सूची समावेश गरी पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।   

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कम्प्यूटरमा क्लिक गरी क्यालेन्डरको डिजिटल भर्सन सर्वजनिक गरेका हुन् ।   

कोरोना भाइरस (कोभिड १९) विश्व महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । 

यस्तै सरकारले कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि गरेको लकडाउन समयमा ग्राहकलाई अत्यावश्यक सुविधा पनि दिँदै आएको छ । बैंकले अनलाइनमार्फत नगद राख्ने झिक्ने, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

साथै यस बैंकको ए.टि.एम कुनै पनि बैंकको ए.टि.एम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्थासमेत गरेको बैंकका प्रवक्ता उमंग शर्माले जानकारी दिएका छन् ।    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *