आज हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
चैत २९, काठमाडौं । नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायम रहेकाले मौसम बदली भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजपहाडी भू-भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । हावाहुरी र चट्याङको सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तो छ आगामी दुई दिनको पूर्वानुमान
null
चैत्र २९ गते (शनिबार)
दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागमा अपरान्ह पछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
चैत्र ३० गते (आईतबार)
दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी भू-भागमा अपरान्ह पछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पहाडी भू(भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।