बहराइनका नेपालीमा बढ्दो छ कोरोना संक्रमण, थप २७ जना संक्रमित

वैशाख ५, काठमाडौं । बहराइनमा रहेका २७ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । त्यहाँस्थित नेपाली दूतावासले यसको पुष्टि गरेको छ । 

‘संक्रमित हुनेमा पछिल्लोपटक थप २७ जना सहित नेपाली नागरिकको संख्या ४९ पुगेको छ’, दूतावासद्वारा पछिल्लो समय जारी विज्ञप्तिमा भनिएको छ । 

दूतावासले बहाराइनमा बसिरहेका नेपालीहरुलाई भाइरसको संक्रमण रोक्न त्यहाँको सरकार लगाए गरेका घोषणाहरु पूर्ण पालना गर्न समेत आग्रह गरेको छ। त्यहाँ क्वारेन्टाइन अवज्ञा गरेमा ३ महिनासम्म जेल सजाय अथवा बहराइनी डिनार १ हजारदेखि १० हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने बताइएकाे छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *