लकडाउन थप एकसाता लम्ब्याउने तयारी, मन्त्रिपरिषद् बैठक बस्दै

वैशाख २, काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लागू गरेको लकडाउन थप्ने तयारी गरेको छ । लकडाउन घोषणा गरेको तेस्रो साता भोलि पूरा हुँदैछ ।   

तर, लकडाउनको समय सकिँदै गर्दा नेपालमा कोरोना संक्रमणका विरामीहरु झनै देखिन थालेपछि लकडाउन थप लम्ब्याउने तयारीमा सरकार रहेको छ । त्यसबारे निर्णय गर्न आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले थप एकसाता लकडाउनलम्ब्याउने तयारी गरेको छ । 

सरकारले एक साता अर्थात वैशाख १० गतेसम्म लकडाउनको समय थप गर्ने तयारी गरेको हो । सरकारले प्रत्येक पटक सात सात दिन लकडाउन थप गर्दै आएको छ । 

नेपालमा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एकजनामा संक्रमण निको भइसकेको छ । यसैबीच काठमाडौंको सनसिटी अपार्टमेन्टमा पनि तीनजनामा कोरोना आशंका गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *