नेपालमा काेराेना संक्रमितकाे संख्या ३० पुग्याे, एकैदिन १४ जनामा संक्रमण पुष्टि !

वैशाख ५, काठमाडौं । नेपालमा एकैदिन १४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।  

उदयपुरमा १२ जना र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । संक्रमितहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४०, २९, २७ र ६३ वर्षका छन् ।  

योसँगै नेपालमा कारोना संक्रमितको संख्या ३० पुगेको छ । संक्रमितमध्ये एक जना उपचारपछि निकाे भइसकेका छन् भने बाँकी सबै उपचाररत छन् ।  

थप दुई नेपालीमा कोरोना भाइरसको ...

उदयपुरको एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेको बताइएको छ । अहिले संक्रमितहरूलाई त्यहाँकाे काेराेना अस्पतालमा राख्ने व्यवस्था मिलाउन लागिएकाे कोशी अञ्चल अस्पताल बिराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।  

चितवनबाट बिहीबार बेलुका ल्याइएको २ वटा स्वाबको रिपोर्ट पोजिटिभ देखिएपछि संक्रमितको संख्या १४ पुगेको हाे, एकैदिनमा । चितवनका दुई जना आमा–छोरा एक महिनाअघि बेलायतबाट फर्किएका थिए । यसअघि भरतपुरमै गरिएको पीसीआर परीक्षणमा पनि पोजिटिभ देखिए पनि थप पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो, त्यसमा पनि पोजिटिभ रिजल्ट आएको बताइएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *