सनराइज बैंकद्वारा पीपीई हस्तान्तरण
चैत २२, काठमाडौं । सनराइज बैंकले कोरोना भाइरस (कोभिड–१९) महामारी विरुद्धको लडाएमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि पीपीइ लगायत स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन तथा जोखिम न्यूनीकरण गनएका लागि विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि बैंकले पीपीइ वितरण गरेको हो ।
आज बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशको रुकुम जिल्लाको मुसिकोट नगरपालिकामा सहयोग सामग्री वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) जोखिमको न्यूनिकरणको लागि बैंकले सातै प्रदेशमा सुरक्षाका विभिन्न सामाग्रीहरु वितरण गर्ने बताएको छ । सोही क्रममा आजरु कुमको मुसीकोटमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संघीय सांसद जनार्दन शर्मा प्रभाकरलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्् । उक्त सहयोग सामाग्रीमा १० थान पीपीइ, १ हजार थान मास्क, सेनिटाइजर, पल्स ओक्सीमिटर र ग्लोब्स रहेका छन् ।
हालसम्म सन््राइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पीपीइ उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बैंकले जनाएको छ ।