भारतबाट फर्किएका पाँच सयभन्दा बढी क्वारेन्टाइनमा

चैत्र २०, वीरेन्द्रनगर। कर्णाली सरकारले भारतबाट फर्किएका पाँच २५ जनालाई क्वारेन्टाइनमा राखेको छ। कोरोना संक्रमण फैलिएसँगै रोजगारीको लागि भारत पुगेकाहरु फर्किएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो।   

सुर्खेतमा एक सय ९२, दैलेखमा जना, जाजरकोटमा आठ, रुकुम (पश्चिम)मा ३०, सल्यानमा २१, डोल्पामा एक सय ३०, जुम्लामा ७८, मुगुमा नौ र कालिकोटमा ५५ जनालाई क्यारेन्टाइनमा राखिएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी लोकनाथ तिम्सिनाले बताए।   

हुम्लामा एकजनालाई पनि क्यारेन्टाइनमा राखिएको छैन। उच्च ज्वरो आएका कारणले जुम्लामा एकजनालाई आइसोलेसनमा राखिएको छ। सबैभन्दा बढी भारतबाट आएकालाई क्वारेन्टाइनमा राखिएको जनस्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक रीता जोशी भण्डारीले बताइन्।   

‘कर्णालीको प्रमुख रोजगारीको गन्तव्य भारत भएको र त्यहाँबाट फर्केका धेरै क्वारेन्टाइनमा राखिएको छ,’ उनले भनिन्, ‘क्वारेन्टाइनमा राखिएका केही घर फर्किसकेका छन्।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *