सनराईज बैंकको प्रादेशिक कार्यालय मार्फत् पीपीई हस्तान्तरण

चैत्र २१, काठमाडौं । सनराईज बैंकले गण्डकी प्रदेशलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) ५० थान हस्तान्तरण गरेको छ ।  

बैंकको गण्डकी प्रादेशिक कार्यालयले कोरोना भाइरस (कोभिड–१९) जोखिम बढिरहेको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई पीपीई हस्तान्तरण गरेको हो ।  

उक्त सामग्री सनराईज बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र केसीले औपचारिक कार्यक्रमका बिच उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।  

विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भुमिका सराहनीय रहेको भन्दै उनीहरुको सुरक्षाका लागि पीपीई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।  

यसैगरी बैंकको प्रादेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पीपीई हस्तान्तरण गरेको छ । बैंकका प्रादेशिक कार्यालय २ का प्रादेशिक कार्यालय प्रमुख रोहित महासेठले सामाजिक विकास मन्त्री नवल कुशोर साहलाई  हस्तान्तरण गरेका हुन् ।  

हालसम्म सनराईज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पीपीई उपलब्ध गराईसकेको बैंकले र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बैंकले जानकारी दिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *