लकडाउन थप गर्ने निर्णयसँगै राहत प्याकेजको पनि घोषणा गरियोस् : भुपेन्द्रजंग शाही

बैशाख २, काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले सरकारले गरेको लकडाउन थप्ने निर्णयसँगै नागरिकका लागि राहत पनि थप गर्न माग गरेका छन् । नेता शाहीले विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोकथामका लागि लकडाउन बढाउने निर्णय गरेकोमा नागरिकलाई राहत प्याकेज घोषणा गर्न पनि सरकारसँग माग गरेका हुन ।   

उनले मुलुकमा लगातार लकडाउन भईरहँदा नागरिकहरुलाई छाक टार्नै समस्या भईरहेको बताउँदै रोग सँगै भोकको पनि रोकथाम गर्न जरुरी रहेको बताए ।   

उनले भने, ‘सांसद, मन्त्री, नेता र हुने खानेहरुलाई लकडाउन घरभित्र बस्न आनन्द छ, दैनिक ज्यालामा काम गरिखाने मजदुरहरुको बेहाल छ, महामारी रोक्न लकडाउन गरेसँगै भोकमारी रोक्न उचित राहत दिनुपर्छ ।’ 

उनले सरकारले लकडाउन बढाउँदै जाँदा नागरिकलाई राहत दिन वेवास्ता गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘सरकार जिम्मेवार रुपमा प्रस्तुत भएन, लकडाउनले काम गरिखाने नागरिकहरुलाई रोग भन्दा बढी भोकले समस्यामा पारेको छ, बैठक बस्ने र लकडाउन लम्ब्याउने बाहेक राहतको बिषयमा कुनै पनि ठोष निर्णय लिन सकेको छैन । यो दुःखद कुरा हो । विपन्न वर्गका परिवारहरुलाई तत्काल राहतको व्यवस्था गरिनुपर्छ ।’   

नेपाली कांग्रस कालिकोटका महासमिति सदस्य समेत रहेका युवा नेता शाहीले यो विपद्को समयमा सबैले सुरिक्षत भएर लकढाउनको पालना गर्नुपर्ने बताए । उनले मुलुकभरी नेपाल तरुणदलले समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्ने अभियान नै चलाईरहेकोसमेत  जानकारी दिए ।   

बिपद्को सामना गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने उनको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *