एलआईसी नेपालले कोरोना रोकथामका लागि सरकारलाई दियो ५१ लाख

चैत्र २५, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल)ले कोरोना रोकथामका लागि नेपाल सरकारलाई ५१ लाख सहयोग गरेको छ । कम्पनीको संचालक समितिको निर्णय अनुसार उत्त रकम सरकारलाई हस्तान्तरण गरिएको हो ।   

कम्पनीले कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा जोखिम न्युनीकरणका लागि नेपाल सरकारले स्थापना गरेको “कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा” रु. ५१ लाख जम्मा गरेको कम्पनी सचिब विनोद कुमार भुजेलले जनाएका छन् ।   

उक्त ५१ लाखको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव नारायण प्रसाद बिंडारीलाई एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दास, नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवाल र बित्त विभाग प्रमुख विपिनकुमार लालले हस्तान्तरण गरेका छन् ।   

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपतमा सधैं सहयोग गर्ने गरेको बताउँदै कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सवै नागरिक तथा नेपाल सरकारस“ग एकजुट भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *