त्रिभुवन पार्कमा होल्ड गरिएका २८९ जनालाई बस चढाएर घर पठाइयो [फोटोफिचर]

वैशाख ७, काठमाडौं । काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्कमा होल्ड गरिएका २ सय ८९ जनालाई गाडी चढाएर घर पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि होल्ड गरिएका पैदल यात्री लाई घर पठाइएको हो ।   

शुक्रबार थानकोटमा रोकिएका सर्वसाधारणलाई बस चढाएर गन्तव्यतर्फ पठाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीहरूलाई बोलाएर पैदल हिँडेर पनि जान नदिन र कसैले खान नपाए राहतको व्यवस्था गर्न निर्देशन दिएका थिए । 

काठमाडौंका सांसद, चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा पैदल हिँडेर गाउँ फर्किन खोजेकाहरूलाई शनिबार थानकोटमा रोकिएको थियो ।२ सय ८९ संख्यामा रहेका उनीहरूलाई बिहान खाना दिइएको थियो । 

साँझपख भने दुई ८३ जना दाङ, ७० जना सर्लाही, ६५ जना नेपालगन्ज र ७१ जनालाई बर्दिया पठाइएको हो । चन्द्रगिरि यातायातको ५ वटा र अन्य व्यवसायीको दुई वटा बसमा उनीहरूलाई पठाइएको छ । राजधानी लगायत उपत्यका नजिकैका जिल्लाबाट पैदल हिडेर जान लागेका यात्रुलाई पठाएएको सांसद अन्जना विसंखेले बताइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *