पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले प्रतिलिटर १० रुपैँयाले  पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 

कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार मूल्य घटाएको निगमले जनाएको छ ।   

निगम संचालक समितिको बुधबार बसेको बैठकले ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल,  डिजल र मटितेलको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । 

पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ तथा डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ कायम भएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *