लकडाउनः घर फर्कन पाएनन् जडिबुटी व्यापारी, उद्धार गर्न आग्रह

वैशाख ७, धरान । उच्च हिमाली क्षेत्रबाट जडिबुटी लिएर तराईका शहरी क्षेत्रहरुमा झरेका परम्परागत उत्पादक तथा व्यवसायीहरु लकडाउनका कारण घर फर्कन नपाएपछि समस्यामा परेका छन् ।  

गएको पुस, माघमा संखुवासभा जिल्लाको उत्तरी शिङसा क्षेत्र भोटखोलाबाट जडिबुटी बेच्न तराई झरेको ५० भन्दा बढी व्यापारी झापा, मोरङ, सुनसरी लगायत जिल्लाहरुमा अलपत्र परेका हुन् । उनीहरुको उद्धार गरी गाउँसम्म पुर्याउन शिङसा कल्याण केन्द्र सुनसरी जिल्ला समितिले धरान उपमहानगरपालिका तथा प्रदेश १ सरकारसँग माग गरेको छ । 

केन्द्रले धरानमा पत्रकार सम्मेलन गरी उनीहरु समयमै फर्किन नपाउँदा वर्षभरी खाने खेतीपाती गर्नबाट बञ्चित हुने अवस्था सिर्जना भएकोले यथाशिघ्र उद्धार गर्न आग्रह गरेको हो ।  

शनिबार धरान उपमाहनगरपालिका परिसरमा गरेको पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तीमा अलपत्र परेका प्राय भोटे समुदायकाहरु रहेका छन्, उनीहरुलाई खान र बस्ने समेत समस्या परेको छ । उनीहरुको जीवन धान्ने माध्यम नै कृषि भएका कारण यस्तो अपिल गरिएको शिङसा कल्याण केन्द्रका अध्यक्ष निमा पोङस्युवाले जानकारी दिए । 

पोङस्युवाका अनुसार अहिलेको महामारीपछि भोकमरी सिर्जना हुने अवस्था रहेकाले खाद्यजन्य वस्तु उत्पादनमा आत्मनिर्भरताका लागि पनि उनीहरु समयमै गाउँ पुग्नु जरुरी छ ।  

लकडाउनका कारण अलपत्र परेकाहरुमा भोटखोला गाउपालिका च्यम्ताङका छेङिक साङ्मु नुप्पासेच्या भोटे, भुटिक हमुवा, सान्जीत हमुवा भोटे, थाकमीक नुप्पा भोटे, ल्हाजीक्म हमुवा भोटे, फुपु चिप्प हमुवा भोटे, ङिमसाङमु हमुवा भोटे, नाम्टु सेकनेपेदेन भोटे, ङेरुक सेक्नपेदेन भोटे, सिरप सेक्नेपेदेन भोटे, दच्ची नुपा भोटे, रिनेन हमुवा भोटे रहेका छन् ।  

त्यस्तै पासाङ लेन्डुक भोटे, मिक्मभुटिक बच्चा सहित, जम्लीङ हमुवा भोटे र गुठिगुम्बाका फेन्दो हमुवा भोटे, फुर्पु पेज्यवा भोटे, पिम्वा धर्चे पेज्यवा भोटे, छज्या भोटे पनि झापा जिल्लामा अलपत्र परेका छन् । यसैगरी कासाङ हमुवा भोटे, गोवा ज्यम्याङ पेज्यवा भोटे, चिप्पा आङजीक ल्हामुछिरीङनुपा भुदरम नुप्पा भोटे, ङिन्जीक थुजिवा भोटे, जेनजेन लाहरे ३ जना परिवार, च्यप्साङ हमुवा भोटे, फुरु नुप्पा भोटे, किन्जव दम्पत्ति २ जना, रेजा भोटछेदेन, भोटे दम्पति २ जना, च्याम्जुङ भोटे सुनसरीको धरानमा अलपत्र परेका छन् ।  

त्यस्तै चिप्पा वलुक भोटे, ल्हेरुङ स्याङदरा भोटे बर्दीबास महोत्तरी जिल्लामा अलपत्र परेका छन् भने छाक्चीक नुप्पा भोटे ल्हाक्प तेन्जीन नुप्पा भोटे दिक्तेलमा अलपत्र परेका छन् । इन्जीन नुप्पा सेच्या भोट, सानाक नुपा सेच्या भोटे वेलवारीमा, छिरोक पेज्यवा भोटे उदयपुरको गाईघाटमा, सांमु मदम आमा छारी २ जना झापको काकडभिटामा, गिन्दीन भोटे २ जना, दटुक भोटे, चिप्पा भोटे मोरङको उर्लावारीमा, उचेन भोटे, रिन्जीन भोटे, छुमुसुर, छोलिङ भोटे, पिम्व आंमु भोटे, लाक्प भुटिक भोटे मोरङकै पथरी र दवजिप्प हमुवा भोटे हिस्साम भोटे काठमाडौंमा अलपत्र परेको पोङस्युवाले जानकारी दिए ।  

हिमाली जिल्लाहरुबाट वर्षेनी आफ्नो पेट पाल्न तथा जाडो छल्न तराईका फाँटहरु झर्ने गरेका ती निमुखा परिवारलाई स्थानीय तथा केन्द्र सरकारले व्यवस्थापन नगर्ने हो भने उनीहरु भोकै बस्नुपर्ने अवस्था आउँछ । अर्कोतर्फ खेती किसानी गर्ने समयमा पनि खेतीपाती गर्न नपाउँदा खाद्यान्न संकटको समेत सामना गर्न बाध्य हुनेछन् हिमालीवासीहरु । त्यसैले पनि सरकारले लकडाउन फसकेका सबैको चाँडोभन्दा चाँडो उद्धार गर्न आवश्यक छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *