कोरोनासँग जुध्न फुटबलरको जस्तो टिम स्पिरिट चाहिन्छः विश्वप्रकाश शर्मा

चैत्र ३०, काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितितामा मुछिएकाहरुलाई बर्खास्त गर्न माग गरेका छन्। आइतवार सामाजिक सञ्जालमार्फत उनले कोरोना उपचारका स्वास्थ्य सामाग्री खरिदमा आर्थिक चलखेल भएको दाबी गरे।   

स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिततामा संग्लनलाई बर्खास्त गरेर छानबिन गर्न उनले माग गरे। प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्री ज्यू आरोपितहरुलाई पदमुक्त गर्नुहोस्। छानबिनमा सहयोग गर्नुहोस्। अख्तियारलाई छानबिन गर्न पनि हामी आग्रह गर्दछौं।’ 

उनले औषधि खरीदमा ढिलाई, टेण्डरमा अनिमिततमा र राज्य कोषमा अनिमितता गरी तीन प्रकारका गल्ती सरकारबाट भएको उनको आरोप छ। उनले स्वास्थ्य सामाग्री खरिदमा कमजोरी रहेको औंल्याए। सरकारले एक थान मास्क पनि उपलब्ध गराउन नसकेको आरोपसमेत उनले लगाए।   

सरकारलाई ५० लाख सहयोग गरेर विपक्षी पनि सरकारसँगै भएको सन्देश दिएको उनले दावी गरे। ‘कोरोना छापामार शैलीमा आइरहेको छ। सामना गर्ने भनेको फुटबलरको जस्तो टिम स्पिरिट चाहिने तर चाहिने बेलामा खेलाडीले लगाउने बुट न डिफेन्स,’ उनले भने। 

उनले अहिले कोरोनासँग लड्न न पिपिई न पन्जा भएको भन्दै दुई महिना लामो समयसम्म पनि सरकारले तयारी नगरेको आरोप लगाए। उनले कांग्रेसको नीतिका कारण २०५४ सालमा अस्पताल खुलेको दावी समेत गरे। नयाँ प्रकारको जोखिम आएकाले त्यसको तयारी गर्न उनले सरकारलाई आग्रह गरे। 

उनले सरकारलाई सबै दोष लाएर विपक्षी पार्टी नपन्छिने बताए। सरकार र विपक्षी विज्ञलाई साथमा लिएर अघि बढनुपर्ने उनको भनाई थियो। सरकारलाई अहंकार छाडेर नयाँ वर्षसँगै नयाँ ढंगले काम गर्नसमेत उनले आग्रह गरे।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *