र्यापिड टेस्टबाट काभ्रेमा भेटिए कोरोनाका दुई संक्रमित, धुलिखेल अस्पताल पठाइयाे

बैशाख २, काठमाडाैं । काभ्रेमा दुइ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । र्यापिड डाइग्नोस्टक परीक्षण (आरडीटी) गर्दा जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका दुई युवामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ। 

बेथान्थोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय युवा र मण्डन देउपुर नगरपालिमा वडा नम्बर–३ नयाँ गाउँका २३ वर्षीय युवामा टेस्ट गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको स्रोतले बतायो । 

उनीहरुको दुवैको स्वाब थप परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ। बेथाञ्चोकका युवा चैत्र ९ गते भारतबाट र मण्डनदेउपुरका युवा चैत्र ७ गते युएइबाट आएका ब्यक्ति हुन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *