धनगढीमा घरमै पुगेर ‘र्यापिड टेष्ट’
मकालु खबर
२०७६ चैत २९ गते
चैत २९, धनगढी । धनगढी उप–महानगरपालिकाले घरमै पुगेर कोरोना भाइरस (कोभिड–१९) को र्यापिड जाँच सुरु गरेको छ ।
उपमहानगरपालिकाले चेकजाँचको काम शुक्रबारदेखि वडा नं १२ बाट सुरु गरेको हो । यसैक्रममा शनिबार वडा नं. ६ र ७ मा पनि चेकजाँच गरिएको छ । धनगढी उप–महानगरपालिकाले भारतलगायत विभिन्न देशबाट घर फर्किएका ६ सय ४१ जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको थियो ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढीको न. १२ मा ३९ जना, वडा नं ६ मा १९, वडा नं. १३ मा एक जना, वडा नं. ७ मा २० जनाको घरमै पुगेर स्वास्थ्यकर्मीले नमुना परीक्षण गरेको जानकारी दिए । उनकाअनुसार परीक्षण गरिएका सबैको नमुना परीक्षण रिपोर्ट नेगेटिभ देखाएको छ ।
मकालु खबर
२०७६ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित