विश्वका ५० भन्दा बढी देशबाट अनलाइनमार्फत पैसा पठाउन सकिने
चैत्र २६, काठमाडौं । वर्ल्ड रेमिट र ओर्बिट रेमिट मार्फत विश्वका ५० भन्दा बढी देशमा रहेका नेपालीहरुले घरमै बसेर एनआइसी एशिया बैंक तथा नेपालका जुनसुकै बैंक खातामा अनलाइनमार्फ रकम जम्मा गर्न सक्नेछन् । वर्ल्ड रेमिट र आर्बिट रेमिटसँग एनआसी एशिया बैंकले सहकार्य गरेको छ ।
विश्वभरी नै महामारीको रूपमा पैmलिएको कोरोना भाइरसबाट कैयौँ सहरहरू लकडाउनको अवस्थामा रहेको बेला अवस्थामा एन आई सी एशिया बैंकले वर्ल्ड रेमिट र ओर्बिट रेमिटसँग सहकार्य गर्दै घरमै बसी स्वदेशमा रहेका परिवार तथा आफन्तजनलाई रकम पठाउन मिल्ने व्यवस्था गरेको छ ।
कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन एनआईसी एशिया बैंकले विदेशमा रहेका परिवारका सदस्य तथा आफन्तहरूले पठाएको रकम नेपालमा रहेका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको हो ।
जसबाट ग्राहकले लकडाउनको समयमा घरबाट बाहिर नगई रेमिट्यान्स सुरक्षित गर्न सकनेछन् । यस योजनाले विदेशमा रहेका नेपालीहरुले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै छिटो छरितो रकम पठाउन सक्नेछन् । यो योजनाले विदेशमा रहेका नेपालीहरूलाई लकडाउनको समयमा पनि रकम पठाउन सहज हुने बैंकले जनाएको छ ।
कसरी पठाउने त विदेशबाट सजिलै रकम ?
वर्ल्ड रेमिटबाट रकम पठाउनको लागि के गर्ने ?
१. https://www.worldremit.com/en/Nepal मा लग इन् गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नुहुनेछ ।
२. https://youtu.be/-l37jdXu4yI मार्फत वर्ल्ड रेमिटबाटबाट रकम पठाउने आवश्यक जानकारी लिने,
३. यसको साथै https://www.worldremit.com/en/stories/story/2020/04/01/sending-receiving-money-covid-19 मार्फत ग्राहकले थप जानकारी लिन सक्नेछन् ।
४. वर्ल्ड रेमिटबाट रकम पठाउदा नयाँ ग्राहकले पहिलो ३ वटा ट्रान्सफर निःशुल्क पठाउन सक्ने छन् भने त्यसको लागि थ्री एफआरईई प्रोमो कोड प्रयोग गनुपर्नेछ ।
५. वर्ल्ड रेमिटबाट ग्राहकले अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी रकम पठाउन सक्नेछन् ।
ओर्बिट रेमिटबाट रकम पठाउन के गर्ने ?
१. https://www.orbitremit.com/nepal मा लग इन् गरी आवश्यक विवरण भर्ने र सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउने ।
२. रकम पठाउँदा कुनै समस्या भएमा ओर्बिट रेमिटकोको रकम पठाउने वेबसाइटमा रहेको च्याट सुविधा मार्फत पनि आवश्यक जानकारी लिन सकिनेछ ।
३. ओरबिटबाट रकम पठाउँदा नयाँ ग्राहकले पहिलो ट्रान्सफर निःशुल्क रुपमा पठाउन सक्नेछन् ।।निशुल्क रकम पठाउनको लागि पठाउँदा एफआरइइ टू एनपीआ प्रोमो कोड प्रयोग गनुपर्ने हुन्छ ।
४. ओर्बिटबाट ग्राहकले बेलायत, अष्ट्रेलिया र न्यूजिल्यान्डसहित ३ वटा देशहरूबाट घरमै बसी रकम पठाउन सक्नेछन् ।
बैंकले आफ्ना आदरणीय ग्राहक महानुभावहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरू स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ ।
यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् ।
नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एनआईसीएशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्थागरेको बैंकले जनाएको छ ।
बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारू रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।