कोरोनाबाट अमेरिकामा मात्रै ३९ हजार बढीले ज्यान गुमाए, विश्वभर २३ लाख संक्रमित

वैशाख ७, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर १ लाख ६० हजार बढीको मृत्यु भएको छ । 

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म १ लाख ६० हजार ७ सय ७६ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या २३ लाख ३० हजारभन्दा बढी पुग्दा ५ लाख ९६  हजारभन्दा बढी निको भएका छन् । 

पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा एकैदिन शनिबार १ हजार ८५७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३९ हजार ११ पुगेको छ । अमेरिकामा एकैदिन २८ हजार ९६२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ३८ हजार ६९७ पुगेको छ । संक्रमितमध्ये ६८ जार २६९ जना उपचारपछि निको भएका छन् ।   

अमेरिकापछि सबै भन्दा बढी इटालीमा २३ हजार २ सय २२ जनाको मृत्यु भएको छ । यस्तै स्पेनमा  कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ।   फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ हजार भन्दा बढी छ । त्यस्तै बेलायतमा १६ हजार बढी मानिसले ज्यान गुमाइसकेका छन् ।   

भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२१ पुगेको छ । भारतमा एकैदिन १ हजार ३७० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ हजार ७२२ पुगेको छ । भारतमा संक्रमितमध्ये २ हजार ४६३ जना उपचारपछि निको भएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *