कागेश्वरी मनोहरा नगरपालिकाले बैशाख मसान्तसम्म निःशुल्क एम्वुलेन्स सेवा प्रदान गर्ने

बैशाख ८, काठमाडौं । कोरोना महामारीबाट बच्न घरमै रहेका नगरबासीलाई कागेश्वरी मनोहरा नगरपालिकाले निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । लकडाउनका कारण घरमै रहेका नगरबासीहरु विरामी भएको बखत नगरपालिकाले हिजो देखि बैशाख मसान्तसम्मका लागि निःशुल्क प्रयोग गर्न दिने निर्णय गरेको हो ।   

नगरपालिकाले यसका लागि चारवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । नगरपालिकाद्वारा सञ्चालित यी चार वटा एम्बुलेन्स भने, कागेश्वरी, शंकरापुर नगरपालिका आसपास, गोकर्णेश्वर नगरपालिका आसपास तथा काठमाडौं महानगरपालिकाका वडा नं. ३२ मा उपयोग गर्न पाइने कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ ।   

नगरबासीले निःशुल्क एम्बुलेन्स प्रयाेग गर्नका लागि एम्बुलेन्स चालक चिरन कटुवाल, ९८४१२४६०७०, राजु नगरकाेटी, ९८०३०६४७७२, विनाेद परियार, ९८६०४३७७७७ र केशब गाैतम, ९८४१०५२६४५ मा सँपर्क गर्न सक्ने नगरपालिकाले जनाएकाे छ । 

हेर्नुहोस सुचना   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *