काठमाडौंमा बिहानै वर्षा, कस्तो रहला दिनभरको मौसम ?

वैशाख ९, काठमाडौं । स्थानीय तथा पश्विमी वायुको प्रभावले देशभरको मौसम बदली हुँदा केहि स्थानमा वर्षा भइरहेको छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।   

सोमबार साँझदेखि फाटफुट वर्षा सुरु भएकामा त्यसले आज पनि निरन्तरता पाएको छ । आज दिनभर नै देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ । प्रिमनसुन चलिरहेकाले बुधबार र बिहीबार पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।   

यस्तो छ दुई दिनको पूर्वानुमान :-   

null

बैशाख ९ गते (मंगलबार) 

दिउँसोः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

बैशाख १० गते (बुधबार) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *