महालक्ष्मी बैंकद्वारा ४ लाख बराबरको खाद्यान्न हस्तान्तरण

चैत्र २० काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लकडाउको अवधिमा पीडामा परेका श्रमीकहरुलाई राहतस्वरुप रु. ४ लाख बराबरको खाद्यान्न वितरण गरेको छ ।   

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमीकहरुलाई राहत स्वरुप बैंकले सो सामाग्री महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको हो ।   

उक्त खाद्यान्न बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई हस्तान्तरण गरेका थिए ।   

बैंकले प्रदान गरेको उक्त सहयोगले असहज परिस्थितिमा श्रमीकहरुलाई जीवनयापन गर्न मद्दत पुग्ने विश्वास बंैकले लिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *