कोरोना कोषलाई एनएमबि बैंकको १ करोड ५१ लाख सहयोग
चैत्र २०, काठमाडौं । एनएमबि बैंकले कोरोना कोषलाई कोषलाई रु. १ करोड ५१ लाख सहयोग गरेको छ । बैंकले नेपाल सरकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषलाई सो रकम प्रदान गरेको हो ।
उक्त रकम उल्लेखित चेक प्रधानमन्त्री कार्यालयमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले प्रदान गरेका हुन् ।
कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।
यस बाहेक बैंकले अनलाइन ब्यापारीहरु सँग पनि सम्झौता गरेको छ, जहाँ एनएमबि बैंकको मोबाइल बैंकिङ्ग संरचना अन्तर्गतको क्यू आर कोडमार्फत गरिएको कुल भुक्तानीको १५% रकम कोभिड–१९ रोकथाम कोषमा प्रदान गरिनेछ ।
“हामी विश्वास्त छौ कि यो विषम परिस्थितिमा हाम्रो प्रत्येक पहलकदमीले हाम्रो समुदायमा दीगो प्रभाव पार्न हातेमालो गर्नेछ, बैंक यस महामारीलाई पराष्त गर्न सरकार र जनतालाई सहयोग पु¥याउने नविनतम विधि र माध्यम अन्वेषण गर्न प्रतिवद्घ छ”, प्रमुख कार्यकारी अधिकृत के.सी. ले भने ।