प्रधानमन्त्री दिए कोरोना उपचारमा खटेका चिकित्सकलाई बधाई

वैशाख ६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन्। 

शनिबार ट्वीट गर्दै उनले कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद दिएका हुन्। 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिनको उपचारपश्चात् पूर्ण स्वस्थ भई काठमाडौँकी १९ वर्षीया युवती शनिबार घर फर्किएकी हुन्। उनीभन्दा अगाडि एकजना पूर्ण स्वस्थ भई उपचारपश्चात् घर फर्किएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओली ...

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *