डा. कोइरालाको सरकारलाई प्रश्न–‘आफ्नो घर छिर्नपनि अदालतको आदेश चाहिने ?’

बैशाख ६, काठमाडौं । विपन्न तथा दैनिक ज्यालादारीमा जिवन यापन गरिरहेका नेपालीको जिवन रक्षाका लागि सरकारले केही गर्न नसकेको नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बताएका छन् । 

हिँडेका पैदल यात्रुलाई आफ्नै घर जान दिनपनि सरकारलाई अदालतले आदेश दिनुपर्ने भन्दै अवस्था आएको प्रति धारणा राख्दै नेता कोइरालाले सरकारले जनताको दुखः नदेखेको बताएका हुन् ।   

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले यो देशमा सरकार छ र ? भन्दै ब्यङ्गात्मक प्रश्न गरेका छन् ।   

डा. कोइरालाले लेखेका छन्–‘आफ्ना घर जान हिँडेका मजदुर तथा पैदलयात्रीलाई गन्तव्यसम्म पुर्याउन अनी सिमामा रहेका नेपालीलाई आफ्नो देश भित्र्याउन सरकारलाई अदालतले आदेश दिनुपर्ने । कती लाजमर्दो ।’ उनले अगाडी भनेका छन्–‘हैन सरकार छ र यो देशमा ? छ भने जनताले यतीसम्म दुःख पाउँदा किन बोल्दैन, सुन्दैन र देख्दैन त !’ 

सर्वोच्च अदालतले बिहिबार सिमामा रहेका नेपालीलाई स्वदेश ल्याउन र हिजो शुक्रबार पैदलयात्रीलाई आफ्नो गन्तव्यसम्म जान कुनै अवरोध नगरी पुर्याउन सरकारलाई आदेश दिएको थियो । काेराेना भारस महामारी राेकथाम, नियन्त्रण गर्न भनेर विगत २७ दिन देखि सरकारले लकडाउन गरेकाे छ ।  

लकडाउनका कारण राजधानीमा दैनिक ज्यालादारी गरेर जिवन यापन गर्ने वर्गहरू साँझ विहानकाे हात मुख जाेर्नै नसक्ने परिस्थिति भएपछि केहि दिय यता पैदल हिँडेरै घर जान थालेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *