आज वर्षा र हिमपातको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

चैत १९, काठमाडौं । मंगलबारबाट देशमा पश्चिमी वायुको प्रभाव कायम रहेकाले मौसम बदली भएको छ ।   

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी पहाडी, मध्य तथा पूर्वका पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । यस्तै हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।   

यस्तो छ तीन दिनको पूर्वानुमान :- 

null

 चैत्र १९ गते (बुधबार) 

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा र मध्य र पूर्वका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका केही स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ | 

रातीः  देशका पहाडी भू-भागमा आँशिक बदली रही पहाडी  भू-भागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।   

चैत्र  २० गते (बिहीबार) 

दिउँसोः देशका पहाडी भू-भागमा  आँशिक बदली रही पहाडी  भू-भागमा अपरान्ह पछि एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । 

रातीः  देशका पहाडी भू-भागमा आँशिक बदली रही पहाडी  भू-भागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । 

चैत्र २१ गते (शुक्रबार) 

दिउँसोः देशका पुर्व र मध्यका पहाडी भू-भागमा  आँशिक बदली रही बाँकि भू-भागमा सामान्यतया मौसम सफा रहने देखिन्छ ।   

रातीः  देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *