संकटका बेलामा पनि गरिबले परिचय कार्ड देखाउनै पर्ने ?

चैत्र २३, धरान । कोरोना महामारीको प्रकोपबाट बच्न नेपाल सरकारले कम्तिमा एक मिटरको दूरीमा बस्न नागरिकलाई निर्देशन गरेपनि धरानमा भने यो लागु भएको छैन ।  

१३ दिनदेखि लगातार भएको लकडाउनका समयमा स्थानीय सरकारले ग्यास लगायत दैनिक उपभोग्य वस्तुहरु वितरण गरिरहेको समयमा निकै भीड हुने गरेको छ ।  

हालसालैको उदाहरण हेर्ने हो भने धरान–११ स्थित आइतबार ज्ञानोदय उच्च माविमा  राहत बाँडियो । त्यहाँ मानिसहरुको भीड थियो । कसैले दुरी कायम गरेका थिएनन् ।  

अहिले धरान उपमहानगरपालिकाले वडालाई जिम्मा दिएर एकद्वार प्रणालीबाट राहत सामाग्री वितरण शुरु गरेको छ । राहत वितरणको समयमा कहीँ कतै सामाजिक दूरी कायम भएको पाइएको छैन ।   

विश्वभर संंक्रमणको रुपमा फैलदै गएको कोरोना भाइरसको जोखिम नेपालमा पनि हुँदाहुँदै पनि नागरिक सचेत देखिँदैनन् । सब्जी किन्दा होस् या ग्यासको लाइनमा होस् सर्वसाधारण भिडभाड नै लगाएर एक अर्काको नजिकै बस्ने गरेका छन् ।  

धरान ११ का वडाध्यक्ष बाबुलाल लामाले एक मिटरको सामाजिक दूरीलाई आफूले ख्याल गर्दागर्दै पनि राहत वितरणका क्रममा यस्तो समस्या आउने गरेको बताए । उनले भने, ‘कति सम्झाउनु, आफू नै थाकिसकियो तर यहाँका जनता मान्दैनन् ।’ 

यसरी सरकारले तोकेको नियम उल्लंघन हुनुमा सरकारको फितलो व्यवस्थापन र सर्वसाधारणको हेलचेक्र्याई देखिन्छ ।  

दुरी त कायम भएको छैन नै राहत वितरण पनि फितलो छ । वडाध्यक्ष बाबुलाल लामाले वडा नम्बर ११ मा करिब ४ सय कुन्ट्न राहत सामाग्री सहज तरिकाले  वितरण गरेको दाबी गरेपनि कतिपय जनताले सजिलै नपाएको गुनासो गरेका छन् ।  

स्थानीयका अनुसार राहतका लागि करिब ७ दिनअघि नै नाम तयार पारेपनि  राहत लिने बेलामा नामै नटिपेकाहरुलाई अगाडी नै राहत बाडिएको छ । राहतका लागि नागरिकता अथवा पहिचान कागजपत्र समेत खोज्ने गरेको उनीहरुको गुनासो छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *