सिटिजन्स बैंकले तेह्रौँ वार्षिकोत्सव यसरी मनायो

बैशाख ७, काठमाडौं । सिटिजस्न बैंक १४ औं वर्षमा प्रवेश गरेको छ । आज देखि नेपालीहरुलाई वित्तिय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तेह्र वर्ष पूरा गरी चौध वर्षमा प्रवेश गरेको हो ।  

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला अत्याधुनिक प्रविधिलाई अपनाउँदै सिटिजन्स बैंकले यस पालिको वार्षिकोत्सव भर्चुृअली मनाएको छ ।   

वर्ष बैंकले विश्वभरी फैलिएको कोरोना भाइरसको जोखिम र लकडाउनका कारण भर्चुअली मनाएको हो । बैंकको आज बसेको ३३२ औं सञ्चालक समितिको बैठकले आफ्ना ग्राहकवर्ग, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरुमा कृतज्ञता व्यक्त गरेको छ ।   

यस अवसरमा १३ वर्षको अवधिमा बैंकद्वारा हासिल विभिन्न उपलब्धि तथा प्रमुख वित्तीय सूचकाङ्कहरु समावेश गरेर तयार पारिएको डिजिटल प्रस्तुति सार्वजनिक गरेको छ ।  यो प्रस्तुति बैंकको वेभसाइट तथा फेसवुक लगायतका सामाजिक सञ्जालमा समेत राखिएको छ । 

हरेक त्रैयमासमा बैंकले प्रमुख वित्तीय सूचकाङ्क, कर्मचारीद्वारा लेखिएका विभिन्न लेखरचना तथा बैंकमा भएका विभिन्न गतिविधिहरु समावेश गरेर प्रकाशन गर्दै आएको ई बुलेटिनको दोस्रो संस्करणको लोर्कापण बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले गरे ।   

बैंकले १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स एक्स्ट्रा फिक्ड डिपोजिट निक्षेप योजना सार्वजनिक गरेको छ । ३ महीना देखि १० वर्ष सम्मको अवधि तथा रू १ लाखको न्यूनतम मौज्दातमा यो खाता खोल्न सकिने छ र यस खातामा ८.२५ प्रतिशत व्याजदर उपलब्ध हुनेछ ।   

शाखा प्रबन्धकले उक्त व्याजदरमा ०.५० प्रतिशत व्याजदर सम्म थप गर्न सक्नेछन् । यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत मुद्धति खाता खोल्ने ग्राहकहरूले मुद्धति खाताबाट आर्जित व्याजमा समेत मुद्धति खाता बराबरकै ८.२५ प्रतिशत व्याजदर पाउन सक्नेछन् ।  भर्चुअली मनाईएको कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकमा अनवरत १० वर्ष सेवा प्रवाह गरी ‘दीर्घ सेवा सम्मान पदक’ बाट सम्मानित हुने कर्मचारीलाई धन्यवाद दिए ।   

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका ९४ वटा शाखा, ९४ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।   

सिटिजन्स बैंक इन्टरनेशनलले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *