‘लकडाउन’मा सांग्रिला डेभलमपेन्ट बैङ्कका यी शाखा खुल्ने

चैत्र २६, काठमाडौं। सांग्रिला डेभलमपेन्ट बैङ्कले लकडाउनको अवधिमा पनि सेवा सुचारु राख्ने भएको छ। बुधबारदेखि आउँदो ३ गतेसम्म दुई घण्टा बैंकबाट प्रदान हुने न्यूनतम बैकिङ्ग सेवा दिने सांग्रिला डेभलमपेन्ट बैङ्कले जनाएको छ। 

बैङ्कले आफ्ना केही शाखा कार्यालयहरूबाट बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने बताएको छ। देशभरका ७ वटै प्रदेशका विभिन्न शाखाहरूबाट ग्राहकहरूलाई न्यूनतम सेवा दिने जानकारी उसले गराएको हो।   

आज(बुधवार) बैङ्कको उपत्यकामा दुई र उपत्यका बाहिर १४ शाखा खुलेको छ। चैत २७ गते उपत्यकामा कपन र पेप्सिकोला शाखा खुल्नेछ भने उपतयका बाहिर १२ वटा शाखा खुल्ने भएको छ। यसै गरी २८ गते उपत्यकामा पुरानो बानेश्वर, नख्खिपोट र कुमारी पाटीको शाखा खुल्नेछ। भने बाहिर १२ वटा शाखा खुल्ने छ। 

यस्तै चैत ३०, वैशाख २ गते र ३ गते उपत्यका ३ शाखा खुल्नेछ। भने १२ क्रमशः १४, १२ र १३ शाखा खुल्ने भएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *