मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको भिडियो कन्फरेन्स

चैत्र २९, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन्।   

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कोरोना भाइरस विरुद्धको लडाइँमा प्रदेश र स्थानीय सरकारले गरेका कामका बारेमा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन्।   

अहिलेसम्म प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरूङ र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोभिड–१९ विरुद्ध आ-आफ्नो प्रदेशमा भइरहेका प्रयासहरूको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको थापाले बताए। 

उनीहरूले अहिलेसम्म आ–आफ्ना प्रदेशमा कोरोना सङ्क्रमण रोक्न गरेका कामहरूको ब्रिफिङ गरेका छन्। सातै प्रदेशमा ल्याब स्थापना भइसकेको अवस्थामा कोरोना परीक्षणको दायरा कसरी बढाउन सकिन्छ, सङ्क्रमण फैलिइहाले रोक्न प्रदेश सरकारले के, कस्तो तयारी गरिरहेको छ भन्ने विषयमा छलफल भइरहेको बुझिएको छ । 

अन्तिममा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूलाई आवश्यक निर्देशन दिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको  छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *