मुस्लिम कम्युनिटी सेन्टरद्धारा ३ सय परिवारलाई राहत वितरण

चैत्र २०, विराटनगर । कोरोना भाइरस संक्रमण (कोभिड, १९) को उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत्र ११ गते देखि लकडाउनको घोषणा गरेसँगै दैनिक ज्यालादारीमा काम गरिखानेहरुलाई समस्या भएको छ । यसै सन्दर्भमा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई विभिन्न सहयोग गर्नेहरुको संख्या पनि बढ्दो छ ।   

प्रदेश १ को विराटनगरमा पनि सहयोगी हातहरु बढिरहेका छन् । यसैक्रममा दैनिक ज्याला मजदुरी गर्ने  विपन्न ३ सय घर परिवारलाई मुस्लिम कम्युनिटी सेन्टरले राहत वितरण गरेको छ । विराटनगर वडा नम्बर ६ स्थित प्रगति टोलका ३ सय विपन्न परिवारलाई सेन्टरले राहत वितरण गरेको हो । 

काेरोना भाइरस संक्रमणको उच्च जोखिमलाई न्यूनिकरण गर्न सरकारले लकडाउन गरेसँगै दैनिक ज्याला मजदुरी गर्नेहरुलाई संकट परेको जानकारी पाएसँगै मुस्लिम कम्युनिटीद्धारा राहत वितरण गरेको मुस्लिम नेता वसिम आलमले बताए ।   

उनका अनुसार मुस्लिम कम्युनिटीका सदस्यहरुबाट आर्थिक संकलन गरेर तीन सय विपन्न परिवारलाई राहत वितरण गरिएको थियो ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *