प्रधानमन्त्रीलाई गगन थापाको सुझावः आँखा र कान परिक्षण गर्नुस्

तस्विरः गुगल 

वैशाख ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न सुझाव दिएका छन् । 

प्रधानमन्त्रीले सरकारी मिडियामा दिएको अन्तर्वार्तापछि थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्रीलाई व्यंग्यात्मक रुपमा यस्तो सुझाव दिएका हुन् । 

Commanderdainik.comयुवा नेता गगन थापाले ...

अन्तरवार्तामा प्रधानमन्त्री ओलीले प्रहरी र प्रशासनले थाहा नपाएको कुरा पत्रकारले थाहा पाउनुलाई रहस्यमय भनी व्याख्या गरेका थिए । ‘बिजोग दृश्यमा रमाइलो मान्नेभन्दा पनि यसलाई रचनात्मकरूपमा समाधान गर्न लाग्न सकिन्छ । प्रहरीलाई थाहा नदिइ एकाएक धादिङको सडकमा केही यात्रु कसरी देखिए रु अनि प्रहरी र सिडिओलाई थाहा नभएको घटनामा त्यहाँ पहिल्यै काठमाडौँदेखि पत्रकार कसरी पुगे रु के यो रहस्यपूर्ण छैन र ?’, उनले भनेका थिए ।  

प्रधानमन्त्रीको उक्त भनाईप्रति लक्षित गर्दै नेता थापाले ट्वीटरमा लेखेका छन्– ‘हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने,अनि तिनको पक्षमा उठेका आवाज ‘कर्कश ध्वनि’ ठान्ने हो भने पीएमज्यू,आँखा र कान परीक्षण गराउन उपयुक्त होला !’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *