अब कोरोना क्रस भेरिफिकेशन वीपी प्रतिष्ठान र भेरी अस्पतालबाट पनि

बैशाख ७, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब कोभिड–१९ को क्रस भेरिफिकेशन हुने भएको छ । प्रतिष्ठानले यसअघि नै कोरोना परीक्षण गरेकोमा अब कोरोना परीक्षणको क्रस भेरिफिकेशन पनि हुने भएको हो ।   

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबारबाट वीपी प्रतिष्ठान र नेपालगञ्ज स्थित भेरी अस्पताललाई ‘कोरोना क्रस भेरिसिफेसन’ गर्न दिइने जानकारी दिए ।   

‘पूर्व र पश्चिमका कोरोना परीक्षणको रिपोर्ट टेकूसम्म ल्याउन झण्झट भएकोले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताललाई कोरोना क्रस भेरिफिकेशन गर्न दिइएको हो । अब ती क्षेत्रका अस्पतालहरुले कोरोना क्रस भेरिफिकेशनका लागि  राजधानी आइरहन पर्दैन ।’ डा. देवकोटाले भने ।   

null

यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र ‘क्रस भेरिसिफेसन’ हुने गरेको थियो । यदि अरु ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए टेकुले पुनः परीक्षण गरेपछि मात्र औपचारिक घोषणा गर्ने गरिन्थ्यो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *