चितवनमा दुई जनाको रिपोर्ट शंकास्पद, थप परीक्षणका लागि स्वाब काठमाडौं पठाइयो

वैशाख ५, चितवन । चितवनमा कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट शंकास्पद आएपछि थप परिक्षणको लागि काठमाडौं पठाइएको छ । 

बिहीबार भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दुई जनाको रिपोर्ट शंकास्पद आएको भरतपुर अस्पतालले जनाएको छ । 

अस्पताललको आधिकारीक फेसवुक पेजमा सूचना अपडेट गर्दै थप पुष्टिका लागि दुई जनाकै स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको जानकारी दिएको छ । उनीहरु पूर्वी चितवन राप्ति नगरपालिकाको भएको समेत उल्लेख गरिएको छ । 

नेपालमा अहिलेसम्म १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जना निको भएर घर फर्किएका छन् । अहिले धनगढीमा ५, वीरगन्जमा ४, बाग्लुङमा २, टेकु र पाटन अस्पतालमा २-२ जना संक्रमितको उपचार भइरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *