‘लकडाउनको बेला बालबालिकालाई मानसिक समस्याबाट जोगाउन अपील’

वैशाख ६, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण देखिएका ३० जना मध्ये दुई जना निको भएको जनाएको छ। नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसअघि चीनबाट आएका पहिलो र शनिबार टेकुस्थित अस्पतालबाट दोस्रो बिमारी उपचारपछि निको भएको घर फर्किएको बताए।   

उनले लकडाउनका कारण बालबालिका र किशोरकिशोरीमा मानसिक समस्या आउन सक्ने तर्फ सचेत हुन अभिभावकहरूलाई आग्रहसमेत गरेका छन्। उनले भने, ‘सुत्न नसक्ने वा डराउने लगायतका समस्या भोगिरहेका हुन सक्छन्। उनीहरूको हेरचाहमा विशेष ख्याल गर्न, रमाइलो वातावरण सिर्जना गर्न, घरभित्रै खेल्न सक्ने खेलहरूको व्यवस्था गर्नेतर्फ ध्यान दिनुपर्छ।’ 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार हालसम्म देशभर २७ हजारभन्दा धेरैको कोरोना परीक्षण भइसकेको छ। उनले पीसीआर परीक्षणबाट आठ हजार १७ र आरडीटी किट परीक्षणबाट १९ हजार ४५४ नमूनाको परीक्षण गरिएको जानकारी दिए। मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा चारहजार ५३६ व्यक्ति छन् भने आइसोलेसनमा ११७ जना छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *