‘लकडाउन’को बेला यसरी लिन सकिन्छ अनलाइन ‘सवारी पास’

वैशाख २, काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको छ। लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिएको छ। 

लकडाउन प्रभावकारी बनाउन र आम जनजीवन सहज बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पासको लागि व्यवस्था थरेको छ। प्रशासनले सवारी पाससम्बन्धि एक सूजना जारी गरेको छ। उक्त सूचनामा पासबारे गरिएको व्यवस्थाहरु उल्लेख गरिएका छन्।   

१. यसपूर्व जारी सात दिने सवारी पास (सि.नं पहेंलो रंगको) मा अन्यथा मिति भएपनि लकडाउन अवधिभरको लागि मान्य हुने हुँदा त्यस्ता पास प्रयोगकर्ताले नयाँ पास लिईरहनु नपर्ने। 

२.कसैलाई आवश्यक रुपमा सवारी अनुमति चाहिएम अब उप्रान्त ई-पासको व्यवस्था भएकोले सोको लागि निम्न बमोजिम अनलाईन दरखास्त दिन सकिनेछ। 

– मोबाइलको मेसेज बक्समा गई १११२ मा जुनसुकै कोड हानी एस.एम.एस गर्ने 

– एस.एम.एस गरिसकेपछि ईनबक्समा http://epass=moha=gov=np/ लिकं आउनेछ। उक्त लिकं खोली पासको लागि आवश्यक अनुरोधकर्ताको विवरण, परिचयपत्र, सवारी साधनको विवरण साथै सहयोगी कागजात जस्तै अस्पतालको कागजात कार्यालयको सिफारिस मृत्यु खुल्ने कागजात वा तस्वीर अपलोड गर्ने अनि पेश गर्ने 

– अनलाई फारम पेश भईसकेपछि जिल्ला प्रशासन कार्यालयले पास वितरण मापदण्डको आधारमा पास दिनेरनदिने निर्णय गर्ने छ। सोको जानकारी तपाईको मोबाइल इन्बक्समा म्यासेज आउँनेछ। 

– अनलाईन फारमा स्वीकृत भएमा मोबाइलमा एउटा कोड नंम्बर प्राप्त हुनेछ। उक्त कोड नै तपाईको सवारी अनुमति पास हुनेछ। 

– जिल्ला प्रशासन कार्यालयले अतिआवश्यक सवारी साधनको लागि मात्र पास स्वीकृत गर्ने हुँदा अनावश्यक रुपमा अनलाई दरखास्त नदिई लकडाउनलाई प्रभावकारी बनाउने कार्यमा सहयोग पुर्‍याउनु हुन समेत अनुरोध छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *