चितवनको लोथरदेखि नारायणी नदि पुलसम्म जाँदा जे देखियो (फोटो फिचर)

सबै तस्विरहरूः मकालु खबर/ध्रुवराज खनाल 

चैत्र २१, चितवन । देशकै मध्य भागमा रहेको चितवन पनि लकडाउनका कारण सुनसान छ । अरु बेला दैनिक हजारौं सवारी साधन गुड्ने पूर्व पश्चिम राजमार्गमा अत्यावश्यक बाहेकका सवारी चलेका छैनन् ।  

जिल्लाको मुख्य व्यापारिक क्षेत्र नारायणगढदेखि अन्य मुख्य–मुख्य बजारहरु पनि सुनसान छन् ।  

मेडिकल सिटी भनेर चिनिने चितवनको भरतपुरमा रहेका कतिपय निजी अस्पतालहरु बन्द छन् । मेडिकलहरु थोरै संख्यामा मात्रै खुलेका छन् ।  

व्यस्त रहने भरतपुर विमानस्थललाई पनि लकडाउनको असर परेको छ ।  

लकडाउनको ११ औं दिन चितवनको पूर्व सिमाना लोथरदेखि पश्चिम सिमाना नवलपुर जिल्लाको करिब ३५ किलोमिटर क्षेत्र नै सुनसान देखिन्छ । एकाध मान्छे बाहेक कोही सडकमा देखिँदैनन् ।  

यसले पनि पुष्टि गर्छ कि चितवनमा लकडाउन पूर्ण रुपमा पालना भएको छ । शुक्रबार लोथरदेखि नारायणी नदि पुलसम्मका केही दृश्यहरु हामीले कैद गरेका छौँः 

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *