कैलालीका संक्रमित युवकले पनि जिते कोरोना, अस्पतालबाट डिस्चार्ज

बैशाख ७, धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक आज डिस्चार्ज भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय युवक अस्पताल भर्ना भएको १६ औं दिनमा डिस्चार्ज भएका हुन् । भारतबाट आएका युवकलाई चैत २२ गते कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । 

उनको दोस्रो र तेस्रो रिपार्ट नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता तथा इमर्जेन्सी विभाग प्रमुख डा. जगदिश जोशीले जानकारी दिए । डा. जोशीले युवकलाई घरमा भएपछि पनि सामाजिक दुरी कायम राखेर बस्न सुझाव दिएको बताए । 

उनी नेपालमा देखिएका कोरोना संक्रमितमध्ये सञ्चो भएर घर फर्किने चौथो व्यक्ति हुन् । सेती अस्पतालमा उपचारको क्रममा अब चार जना कोरोना संक्रमित रहेका छन् ।   

पछिल्लो परीक्षणमा चारै जनाको रिपोर्ट पोजिटिभ नै देखिएको छ । अस्पतालमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवक, उनकै ३४ वर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाकाका ४१ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्बर १ कि ६५ वर्षीय महिला उपचाररत छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *