सिटिजन्स बैंक ऋणपत्र २०८६ को बाँडफाँट

चैत्र २८, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले निष्काशन गरेको रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६” को बाँडफाँट गरेको छ ।  

बैंकले रु. २ अर्ब ५० करोड बराबरको प्रति डिबेन्चर रु १,०००।– अंकित मूल्यका २५,००,००० कित्ता डिबेन्चर मध्ये सामूहिक लगानी कोषका लागि संरक्षण गरिएको ५०,००० कित्ता मध्ये ३०,००० कित्ता डिबेन्चर बाँडफाँट भई बाँकि २४,७०,००० कित्ता डिबेन्चर व्यति गत तवर तथा सर्वसाधारणको लागि फागुन २० गतेदेखि चैत्र ४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।  

जसमा रितपूर्वक आवेदन दिएका ३१७ जना आवेदकहरु मध्ये सर्वसाधारण समूहका सबै आवेदकलाई निजहरुले आवेदन गरे बमोजिम डिबेन्चर बाँडफाँट गरिएको छ । साथै व्यक्तिगत तवर मार्फत आवेदन गर्नेको हकमा आंशिक बाँडफाँटमा नपरेका डिबेन्चर वापत बाँकि रकम आवेदकहरुले आफ्नो आवेदनमा उल्लेख गरेको बैंक खातामा चैत्र ३० गते आइतबारदेखि आइपिएसमार्फत सिधै बैंक खातामा रकमान्तर गरिने छ । 

 सिटिजन्स बैंक इन्टरनेशनलले लकडाउनको अवधिमा ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको एटिएम कुनै पनि बैंकको एटिएम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *