१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, वडा सचिवसहित तीन जना पक्राउ

बैशाख ३, धनगढी । कैलालीको भजनी नगरपालिकामा एक १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा वडासचिवसहित तीन जना पक्राउ परेका छन् ।   

किशोरीलाई सामूहिक बलात्कार आरोपमा जोशीपुर गाउँपालिका वडा नम्बर ४ का सचिव २९ वर्षीय रामकुमार चौधरीसहित तीन जनालाई प्रहरीले भजनीबाट पक्राउ गरेको हो ।   

बलात्कार आरोपमा सचिव चौधरीसहित ३१ वर्षीय सुरेशकुमार चौधरी  र २२ वर्षीय मंगल चौधरी पक्राउ परेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।   

उनीहरुले किशोरीलाई विभिन्न प्रलोभन देखाएर भजनी बजार जाउँ भन्दै भजनीको वडा नम्बर ८ कृष्णनगरस्थित हुलाकी सडकको दक्षिणतर्फको झाडीमा लिई डर, धम्की देखाएर बलात्कार गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।   

उनीहरुमाथि कैलाली जिल्ला अदालतबाट १५ दिनको म्याद थप भई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *