प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच आज भिडियो कन्फ्रेन्स

  

चैत्र २९, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना रोकथामबारे सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री ओली भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्रीसँग छलफल गर्न लागेका हुन्।   

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समसामयिक विषयमा ११ बजे मुख्यमन्त्रीहरूसँग छलफल हुने बताए। ‘कोरोना रोकथामका लागि भइरहेको तयारी र आगामी रणनीतिबारे छलफल गर्न मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले भिडियो कन्फरेन्स गर्न लाग्नुभएको हो’, थापाले भने। 

गत मंगलबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए। चैत १४ गते उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्सबाट कुराकानी गरेका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *