विनाकाम हिँड्नेहरुलाई कुखुरा बनाइयोः प्रहरी भन्छन्– ‘अब त सुध्रिऊ !’

चैत्र २०, नयाँ दिल्ली । कोरोना संक्रमणको जोखिमलाई रोक्न मुलुकभर लकडाउन गरिएको ९ औँ दिन बिहीबार बिहानदेखि नै प्रहरी कडा रुपमा प्रस्तुत भएको देखिन्छ । योभन्दा अघि बुधबार विनाकाम बजार घुम्ने मानिसहरुलाई माला लगाईयो त कतिलाई सामूहिक योगा गराईयो । यति मात्रै होइन कतिलाई बिच सडकमा कुखुरा पनि बनाइयो ।  

लकडाउनका समयमा सागसब्जी, खाद्यान्न किन्नका लागि बजार जान दिइएको छुट गलत फाइदा उठाइरहेका छन् मानिसहरु । त्यसपछि प्रहरीले कडाईको निर्णय लिएको हो । प्रहरीले बाहिर हिँड्ने हरकोहीलाई सोधपुछ गरिरहेको छ । प्रहरी भन्छन्– ‘सम्झाउँदा सम्झाउँदै थाकिसक्यौँ ।’  

बुधबार केवलराम पम्प नजिकै करिब १५ जना मानिसहरुलाई आधा घण्टासम्म व्यायाम गराएपछि प्रहरीले विनम्रसँग भने– ‘अझै व्यायाम गर्नुछ भने फेरि आउनू ।’ 

व्यायाम सकिएलगत्तै मानिसहरुमा चेतना आयो र माफी माग्दै भने– ‘सर अबदेखि हामी यस्तो व्यायाम कहिल्यै गर्दैनौँ । हामी आफ्नै घरमा रहन्छौँ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *