उपचारै नगरी वीपी प्रतिष्ठानले फर्काएको विरामीको मृत्युको समाचारमा यस्ताे छ डा. मिश्राको भनाइ

बैशाख ६, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचारका लागि ल्याइएकी एक बृद्धाको मृत्यु भएको विषयको समाचारमा आफुलाई कपोकल्पित रुपमा जोडिएको प्रतिष्ठानका एक चिकित्सकले बताएका छन् ।   

बिहिबार मकालु खबरमा ‘कोरोनाको आशंकामा उपचारै नगरी वीपीले फर्काएको विरामीको मृत्यु, आफन्त भन्छन्,–‘डाक्टरको ब्यवहार देखेर धिक्कार्न मन लाग्यो !’ शिर्षकमो समाचारमा भने जस्तो आफुले कुनैपनि बैठकमा ती बृद्धालाई भर्ना नगर्न भनेको तथा उक्त विरामी आइशोलेसनमा आइसकेपछि आफैंले विरामीको सम्पूर्ण रिपोर्ट हेरेरै विरामीका आफन्तसँग बाँच्ने चान्स १–२ प्रतिशत मात्र रहेको बताएको तथा उनीहरुले चाहे प्रतिष्ठानमा भर्ना गनए सक्ने समेत भनेको प्रतिष्ठानका चिकित्सक डा. दिव्यराज मिश्राले जिकिर गरेका छन् ।   

मकालु खबरलाई खण्डन लेख्दै  प्रतिष्ठानका एशोशिएट डा. दिब्यराज मिश्राले स्रोतको हवाला दिँदै आफुले भन्दै नभनेको कुरा समाचारमा उल्लेख गरिएको जिकिर गरेका छन् । उनले आफु चैत्र २१ गते शुक्रबारका दिन डिउटीमा नभएतापनि आइसोलेसनमा सिरियस विरामी आएको जानकारी आएपछि आफैं गएर विरामीको रिपोर्टहरु हेरेर काउन्सेलिङ गरेको जनाएका छन् ।   

‘अनधिकृत रुपमा मेरो तस्वीर राखी त्यो बिरामीको भर्ना लिन मैले नमानेको समाचार अतिनै भ्रामक र निन्दनीय । ‘श्रोत’ले भनेका कुराहरु तथ्यहीन रहेको, अपुष्ट रहेको र ब्यक्तिगत लान्छना लाउने नियत रहेको देखिन्छ ।’ डा. मिश्राले भनेका छन् ।   

गत चैत्र झापाको बुधबारेकी शाह थरकी ६९ वर्षिय एक महिलालाई भारतको गुहावटीबाट झापाको विभिन्न अस्पतालहरुमा उपचारका लागि लैजाँदा ती अस्पतालहरुमा कुनैमा चिकित्सक नभएको त कुनैले भर्ना नलिएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।   

आमालाई उच्च ज्वरो देखिएपछि झापाका विभिन्न अस्पतालहरुले उपचार गर्न नमानेको तथा वीपी प्रतिष्ठानमा समेत इमरजेन्सी अगाडी २ घण्टा एम्बुलेन्समै राख्नु परेको, प्रतिष्ठानको आइसोलन अगाडी डेढ घण्टा राखेपछि मात्र डाक्टरहरु आएर हेरेको बताएका थिए ।   

उनले प्रतिष्ठानको इमरजेन्सीमा समेत विरामी नछिराई एम्बुलेन्सबाटै घर फर्काएको बताएका थिए । उनले ज्वरो आएकै कारण अस्पतालहरुले विरामीको अवस्था र रिपोर्ट पनि नहेर उपचार गर्न नमानेको बताएका थिए ।   

यो पनि हेर्नुहोस   

http://www.makalukhabar.com/news/858982 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *