इँटाभट्टाको पोखरीमा डुबेर उदयपुरका मुकेशको मृत्यु

चैत्र २३, काठमाडौं । चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँट्टाभट्टाको पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।  

सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।  

उनका अनुसार इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर मृत्यु भएको थाहा पाएपछि प्रहरीले पोखरीबाट शव झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको छ ।  

Top 10 causes of death in the US

घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *