आज चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

वैशाख ८, काठमाडौं । हाल देशमा स्थानीय तथा पश्विमी वायुको प्रभाव रहेकाले मौसम बदली भइरहेको छ ।   

जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी क्षेत्रसहित पहाडी भू-भाग र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । 

नेपालमा जारी पश्चिमी वायुको प्रभाव अझै सक्रिय रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुन सक्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।   

null

आगामी तीन दिनको मौसम पूर्वानुमान 

बैशाख ८ गते (सोमबार) 

दिउँसोः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। अपरान्ह पश्चात् पूर्वी क्षेत्र लगायत अन्य पहाडी भू-भागका केही स्थानहरुमा साथै तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। पहाडी भूभागका केहि स्थानहरुमा साथै पूर्वी तराईका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

बैशाख ९ गते (मंगलबार) 

दिउँसोः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

बैशाख १० गते (बुधबार) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *