कामना सेवाद्वारा १ लाख बराबरको राहत सामाग्री हस्तान्तरण

चैत्र २१, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी उप–महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।  

बैंकले चैत्र २० गते धनगढी उप–महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी १ लाख बराबरको चामल, दाल, तेल नुन लगायतका खाद्यान्न सामग्रीहहरु हस्तान्तरण गरेको हो ।  

बैंकका धनगढी शाखा प्रमुख हरी जोशी तथा अत्तरीया शाखा प्रमुख हर्ष बहादुर भण्डारीले संयुक्त रुपमा उक्त राहत सामग्री धनगढी उप–महानगपालिकाका प्रमुख नृप बहादुर वड तथा उप–प्रमुख सुशीला मिश्र भट्ट मार्फत् हस्तान्तरण गरेका हुन् । 

प्रमुख वडले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति उप–महानगरपालिका तथा सम्पूर्ण नगरवासीहरुको तर्फबाट धन्यवाद दिँदै उक्त सामग्री उप–महानगरपालिकाको विपत व्यवस्थापन कोष मार्फत् वितरण गरिने बताए । 

हाल नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा गरिएको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुँखा वितरण गरिएको खाद्यान्न सामग्रीबाट थोरै भएपनि राहत मिल्ने बैंकको विश्वास छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *