‘पहिले देशलाई महामारीबाट बचाउँ बाँकी बहस पछि गरौंला’ स्वास्थ्य मन्त्री ढकाल

बैशाख १, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको महामारीबाट बच्ने सबै भन्दा उत्तम उपाय भनेको होम क्वारेन्टाइन नै रहेको बताउँदै सबैलाई घरभित्रै रहेर कोरोना विरुद्ध लड्न अनुरोध गरेका छन् ।   

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ढकालले संक्रमणको विकासक्रम सँगै सरकारले कोरोना संक्रमणबाट बच्न थप रणनीतिहरु तयार गरेको बताएका छन् । ‘अहिले मुख्य ६ वटा टी को फर्मुलाबाट आफ्ना रणनीतिहरु अगाडी सारेका छौं ।’ मन्त्री ढकालले भने । ढकालका अनुसार सरकारले पहिलो टी अन्र्तगत ट्राभल्स रेस्ट्रिक्सन अर्थात आवतजावत बन्द गरीएको बताएका छन् । त्यसको लागि बाहिरी मुलुकबाट नेपाल भित्रने सबै मार्गहरु बन्द गरिएको र नेपाल भित्र पनि चैत्र १० गतेदेखि लकडाउन गरिएको बताएका छन् । मन्त्री ढकालले यो अवस्थामा विदेशबाट नेपाल भित्रिएकालाई क्वारेन्टाइनमा रहन अनिवार्य गरेको जनाएका छन् ।  

  

 कोरोना भाइरसबाट बच्न लकडाउन प्रभावकारी सावित भएको भन्दै बैशाख ३ गतेपछि पुनः लकडाउन थप हुने संकेत समेत गरेका छन् । हाल धेरै जसो देशहरुले लकडाउन नै अपनाएको भन्दै नेपालमा सर्वसाधारणको दैनिकीलाई केही असहजता भएको भएपनि देशलाई कोरोना संक्रमणबाट बचाउन लकडाउनको विकल्प नभएको जनाएका छन् ।   

मन्त्री ढकालले टेस्टिङ प्रक्रिया छिटो र प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहमा समेत पुर्याएको बताउँदै स्थानीय, प्रदेश सरकारका क्वारेन्टाइनमा रहेका सबैको परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेकाहरुको पनि आवश्यक्ता अनुसार स्वास्थ्य परीक्षण गर्ने निती  «लिइएको जानकारी गराए ।   

‘कुन ब्यक्तिलाई कस्तो खालको परीक्षण कति अवधिमा गर्ने भन्ने कुरा स्वास्थ्य विज्ञहरुको सुझावमा कार्याविधि बनाई ब्यवस्थित गरिएको छ । हाम्रो हालको रणनीति परीक्षण दायरालाई थप फराकीलो धेरैभन्दा धेरै ब्यक्तिहरुलाई परीक्षणको दायरामा ल्याई परीक्षण गर्नु हो ।’ ढकालले भने ।   

संक्रमितका परीवार, नजिकका मान्छे, जोसँग संक्रमितहरु नजिकको संक्रमणमा आएका छन् त्यस्ता ब्यक्तिहरुलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउने सरकारको रणनीति रहेको छ । सरकारले धेरै जसो संक्रमितहरुको ट्रेसिङको कार्य पुरा गरेको बताएको छ । भने पछिल्लो समयमा पहिचान भएका संक्रमितहरुको ट्रेसिङ भइरहेको छ ।   

सरकारले ट्रयाकिङलाई पनि प्रभावकारी बनाएको बताएको छ । संभावित संक्रमित र संक्रमित सँग सम्पर्कमा रहेका ब्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा आवतजावत भइरहेको पत्ता लगाएर त्यस्ता ब्यक्तिहरुलाई अनुगमन गर्ने विधि ट्रयाकिङ अन्र्तगत स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, सिसिएमसी तथा मन्त्रालयद्वारा सञ्चालिक कल सेन्टर र मोवाइल एप र वेभसाइटबाट थप ब्यवस्थित गरिएको छ । भने, क्वारेन्टाइनमा रहे नरहेको अनुगमन गर्नका लागि मन्त्रालयले संयन्त्र परीचालन गरेको, स्थानीय, प्रदेश सरकारसँग सहकार्य गरिरहेको जनाएको छ ।   

मन्त्री ढकालले हालसम्म संक्रमण भएका १४ जनामा एक जनापूर्ण निको भएको र बाँकी १३ जनाहरु उपचारको क्रममा रहेकोमा उनीहरुको अवस्था सामान्य रहेको जनाउँदै संभावित संक्रमणको संख्या आंकलन गरी योजनाबद्ध तरिकाले उपचारको ब्यवस्था मिलाउन मन्त्रालयले रणनीति बनाएको बताएका छन् ।   

उनले कोरोना संक्रमणको उपचारको लागि काठमाडौं र उपत्यका बाहिर अस्पतालहरु ब्यवस्था गरिएको र कोरोनाको सम्पूर्ण उपचार निःशुल्क गर्ने जनाए । साथै कोरोना संक्रमण वाहेकका आकस्मिक र निरन्तर उपचारका क्रममा रहेका विरामीको थप समस्यामा नपरुन भनेर मन्त्रालय गम्भिर रहेको बताउँदै उपचार सर्वसुलभ बनाउन लागि परेको जिकिर गरेका छन् ।   

ढकालले महामारीको घडीमा सरकारी निजी सबै अस्पतालहरुले उपचार गर्नुपर्ने जनाउँदै सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । भने, सबै कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सबै लागि परेको अवस्थामा कोरोना  रोकथामका लागि आवश्यक उपकरण र औषधीहरुको अभाव रहेकोले आफुसँग भएको औषधी उपकरणको समुचित प्रयोग गर्न भनेका छन् । ‘देशलाई महामारीबाट बचाउँला बाँकी बहस पछि गरौंला । महामारीको लडाईमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गरौं ।’ उनले भने । 

उनले कोरोनाको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र राष्ट्र सेवकको सुरक्षाको प्रत्याभूति गरिएको र उनीहरुको शतप्रतिशत भत्ताको ब्यवस्था गरेको र विमा समेत गरेको जनाए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *