नेकपाको सचिवालय बैठक सकियो, प्रधानमन्त्री राष्ट्रपति निवास जाँदै

बैशाख ८, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सकिएको छ ।   

बालुवाटारमा जारी बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् ।   

आजको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि ऐन र सम्बैधानिक परिषद् सम्बन्धि ऐनलाई अध्यादेश मार्फत संसोधन गर्ने निर्णय गरेसँगै नेकपाको सचिवालय बैठक बसेको थियो ।   

मन्त्रिपरिषद्को बैठकको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित समेत गरिसकेकी छिन् ।   

नेकपा भित्र पछिल्लो समय देखिएको मतभेदले पार्टी विभाजनको संघारमा पुगेको अड्कल गरिएको छ । मुलुक विश्वब्यापी कोरोना संक्रमणबाट गुज्रिदै गर्दा सत्तारुढ दलले जनतालाई लकडाउनमा उचित राहत प्रदान गर्नुपर्नेमा सरकार फेरबदल र पार्टी फुटाउने खेल खेलेको भन्दै चर्को विरोध भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *